नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

कविता:


श्रवण मुकारुंग

कमलरी

सबै  मानिस हरु  ठूला रहेछन्
म त कति सानी रहेछु !
अरु त दिन दिनै  ठू ला हुँ दा रहेछन्
म त  झन्झन् घट दै गए छु !

यो गमला को फूलभन्दा सानी
यो आलमारी, यी भाडावर्तन
यो कुचो,  यी धुनुपर्ने लुगाहरु
मालिक-मालिक्नी !
उनका छोरा-छोरी
अहो! कति ठूला–ठुला ?
म त झनै खीइदै गएछु

यो  चियाको कप, रक्सीको  बोतल
र चुरोटको ठुटो भन्दा पनि सानी
अहो! म त कति सानी भए छु !

घरमा त म यति सानी थिइन
घरमा त म निकै ठूली पो थिए त
बसिरहनु भएको हजुरबाभन्दा ठूली
बसिरहेकि  मालिगाइभन्द ठूली
डील मुनिको आँपको रुखभन्दा अग्ली
मेरो घर र घरमाथिको आकाश जस्तो

बाबा! यो सहरमा मा दिनदिनै घट्दै छु
मा यसरि घ६दै-घ६दै  कुनै दिन सकिएं भने
तपाईको ऋण कसले तिर्छा हँ ?







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु