कविता:

श्रवण मुकारुंग
कमलरी
सबै मानिस हरु ठूला रहेछन्
म त कति सानी रहेछु !
अरु त दिन दिनै ठू ला हुँ दा रहेछन्
म त झन्झन् घट दै गए छु !
यो गमला को फूलभन्दा सानी
यो आलमारी, यी भाडावर्तन
यो कुचो, यी धुनुपर्ने लुगाहरु
मालिक-मालिक्नी !
उनका छोरा-छोरी
अहो! कति ठूला–ठुला ?
म त झनै खीइदै गएछु
यो चियाको कप, रक्सीको बोतल
र चुरोटको ठुटो भन्दा पनि सानी
अहो! म त कति सानी भए छु !
घरमा त म यति सानी थिइन
घरमा त म निकै ठूली पो थिए त
बसिरहनु भएको हजुरबाभन्दा ठूली
बसिरहेकि मालिगाइभन्द ठूली
डील मुनिको आँपको रुखभन्दा अग्ली
मेरो घर र घरमाथिको आकाश जस्तो
बाबा! यो सहरमा मा दिनदिनै घट्दै छु
मा यसरि घ६दै-घ६दै कुनै दिन सकिएं भने
तपाईको ऋण कसले तिर्छा हँ ?


















