कविता:

मुकुन्द प्रयास
प्रश्नहरु
किन उम्रिदैन फुलको सट्टामा घाँस मात्र ?
किन देखिदैन ढुंगाको मात्र बगैचा ?
ईश्वरका प्रतिपक्षीहरुको विरुद्ध
किन जन्मिन्छन् भक्तहरु ?
जहाँ टेकेर उभिनुछ
त्यहाँ अर्कैको पैताला किन छैन अघि देखि ?
हज्जारौं आँखाहरुको विचमा
तिम्रै आँखाको निम्ति कसरी खाली भयो ?
मेरो आँखासम्म धाउने गोरेटो
र मलाई देखिरहेछन् विना अवरोध ।
को हो यो ठाउँ खाली गरिदिने ?
त्यही खाली ठाउँ भएर किन बग्छ बतास ?
कसले बनाइदियो यत्ती फराकिलो बाटो ?
त्यही बाटो भएर कसरी आइपुग्छ घामको उज्यालो ?
कसले लेखिदियो यो ब्रम्हाण्डमा दौडिरहने नियम ?
कसले सिकायो अनुशासन ?
र अर्कै पृथ्वीहरुसँग नठोक्कीई


















