नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

कविता:


मञ्जु काँचुली

मोनालिसाको चित्र

आधा आँखा हाँसेको छु त 
आधा आँखा रोएको छु 
आधा मन अघाएको छु त 
आधा मन भोकाएको छु 
यी झुत्रे आशाहरूलाई
आँखाको आधा सुकेको पानीले टल्काएर 
यो मनलाई
विशाल समुद्रको मायाको पानीबाट फर्काएर
भित्तामा टाँगिएको
मात्र एउटा विवशताको अर्पण लिएर 
आधा,
मौनतासँगै अनुहार हराइरहेछु 
आधा,
भावगङ्गाको उज्यालो अँध्यारो सुरुङमा 
यो मन हराइरहेछु 
यो भित्ते पानाको लामो पर्खाइमा
म, मेरै चित्रकारलाई खोजिरहेछु ।







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु