नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विश्वसाहित्य:


लु वेइपिङ (चीन)

उसले नबुझेको कुरा

उनका ओंठहरु चुम्छ ऊ
तर बुझ्दैन किन धेरै सत्यहरु छन्
उनको मौनतामा

अनि चुम्छ उनका आँखाहरु
तर बुझ्दैन किन उनका चम्किला हेराइले
उसलाई बारम्बार अध्याँरो देख्ने बनाउँछ

उनका कानहरु चुम्छ ऊ
तर बुझ्दैन किन उनी कुईंकिनु अघि
केही सुन्दैन ऊ

उनका आँखीभौंका खतहरुलाई चुम्छ ऊ
तर बुझ्दैन किन उनको पीडा बल्झिन्छ
जो उसलाई त्यस समय एकदम सामान्य लागेको थियो

उनको हत्केला चुम्छ ऊ
तर बुझ्दैन किन उनको खुला हातबाट झरेको वस्तु नै
उसले थाम्न चाहेको सर्वश्व थियो

उनको पाइतला चुम्छ ऊ
तर बुझ्दैन किन जहाँ उनका पाइतलाहरु पर्छन्
त्यहाँ द्विविधाको तुवाँलो उठ्छ

उनको वक्षस्थल चुम्छ ऊ
तर बुझ्दैन किन एक्लोपन शब्दको प्रयोग
आफ्नो देब्रे छातीका लागि मात्र गर्छिन् उनले

उनका हरेक अङ्ग एक एक गरि चुम्छ ऊ
तर बुझ्दैन किन उनको आत्मा फेला पर्दैन
जो केवल एक वर्ग इन्चको एउटा सानो कुनो मात्र हो

अङ्ग्रेजीबाट अनुवादः केशव सिग्देल







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु