नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विश्वसाहित्य:


जिडि माजिया (चीन)

चट्टानहरु

तिनीहरुको आकृती नोसुका मानिसहरुसँग मिल्छ
जो बस्छन् एकलासको हिमाली क्षेत्रहरुमा
हेर्दा जीवनरहित देखिने यि वस्तुहरु
कालो निधारमा चीलको नङ्ग्राले चिथोरेको जस्ता देखिन्छन्
जब वर्षौका भावनाहरु सतहमाथि आएर बग्न थाल्छ
र मायावी क्रृतुहरु भएर गुज्रिन्छ
स्वतन्त्र सपनाहरु र दिशाहीन सम्झनाहरुले
अनन्तकालको आकाश र परिचित माटोको सर्वेक्षण गर्छ
घामको आगोले त्यसलाई सल्काएपछि मात्र
तिनीहरुले मृत्युको निद्रातिर पहुँच पाउँछन्
तर कसले मलाई भनिदिन सक्ला, कस्ता मानवीय दूर्भाग्य
यसमा समाहित छन्
मैले धेरै जीवनरहित वस्तुहरु देखेको छु
जसको आकृति नोसुका मानिसहरुसँग मिल्छ
शताब्दीयौं शताब्दीसम्मको मौनताले पनि
उतिहरुको वेदनालाई हलुका गर्न सकेको छैन ।

अङ्ग्रेजीबाट अनुवादः केशव सिग्देल







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु