नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

कविता:


बेञ्जू शर्मा

शून्य नै स्वीकार छ

सादा फुलस्केपको मेरो मनमा 
तिमीले केही रेखाहरू कोर्यौ 
केही चित्रहरू बनायौ
तर रङ्ग राख्न किन बिर्सियौ ?
निर्जीव रेखामा मात्र बाँधिदिएर 
एउटा अस्थिपञ्जर बनाएर 
किन कतै अलमलियौ ? 
कसैले तिमीलाई
अँगालोभित्र बाँधेर राख्यो होला 
एउटा बन्धनभित्र बन्धित पार्यो होला 
मलाई यो अस्थिपञ्जर चाहिँदैन 
रङ्गभित्र रँगिएर
गुराँस बन्न चाहिरहेछु 
गुराँसका राता ओठहरूले 
तिमीलाई सिन्दूर छर्न चाहिरहेछु 
आँखाहरूभित्र बन्धित गरेर 
तिमीलाई मुटुको जेलमा 
जन्मभरका लागि
कैद गर्न चाहिरहेछु। 
तिमी अस्थिपञ्जर मै
मलाई जियाउन चाहन्छौ भने 
मेटिदेऊ यी रेखाहरू 
सेतो आकाशमा टोलाएको 
मेरो मन
शून्यताको गहिरो खाडल खनिएको 
मेरो मन
सादा फुलस्केपमै बाँच्न चाहन्छ 
कुनै ऋतुहरूलाई यहाँ प्रवेश हुनेछैन 
मलाई शून्य–शून्य नै स्वीकार हुनेछ ।







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु