नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विश्वसाहित्य:


ड्रागन ड्रागोज्लोभिक (सर्विया)

डानुबे नदीमा

यो तारा मेरो हो
त्यो चाहीँ तिम्रो।

एउटा परिचित आवाजले
आकाशगङ्गामा हामीलाई लखेट्छ
आमाको आवाज अनुत्तरित छ।
हामी कहाँ छौं?

नक्कली झ्याउकिरीहरु
व्यभिचारको कुरा गरिरहेछन्।
के हामी कहिल्यै
हाम्रो दृष्टिभन्दा परको जमिनमा रहेको
त्यो हरियो जङ्गलसम्म पुग्न सकौंला
जहाँ मैले तिमीलाई चुम्बन गरेको थिएँ।

तिम्रो मौनताको मुन्तिर
रात्री उक्लिरहेछ।
तिम्रो शरिरभन्दा मुनि
डुनाबे नदी मेरो नाम बोलाइरहेछ।

घडी हाँस्छ,
अब समय बाँकी छैन।

अनुवादः केशव सिग्देल






प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु