विश्वसाहित्य:

जोसेफ जुआरेज
(मेक्सिको)
जुनकिरी (कविता)
आकाश टुट्छ, चिरापरेका ठाउँहरु प्नि टुट्छन्
र त्यस भित्रबाट जन्मन्छन् जुनकिरीहरु
शून्य बनाएर मेरो आकाश, खोक्रो
तापविहिन, हावाविहिन
टुटेको एउटा आकाश– अँध्यारो र दुःखि
जूनकिरीहरु उड्छन् र तिनिहरु चम्किन्छन्
तर त्यसमा जूनकिरीको अपराध के छ ?
तिम्रो लागि झलमलाइदिनुमा के अपराध छ...
तिम्रो अनुहारको चहक बढाउन
तिम्रा रातहरुलाई उजेल्याउन
यदि जुनकिरीहरु त्यस्ता हुन् भने
यदि केही क्षणका लागि
तिनीहरुले तिम्रो र मेरो अनुहार चहकिलो परिदिए भने
र ति तिमीमै समाहित भए भने
तिनीहरुको के दोष
यदि ति मेरो छातीबाटै जन्मिए भने?
मलाई भन्दा तिमीलाई बढ्ता प्रेम गर्नुमा उनिहरुको के अपराध?
जुनकिरीहरु उड्छन्
टुटेको आकाशमाथि
जसले तिमीलाई चहकिलो पार्छन्...
अनुवादः केशव सिग्देल



















