विश्वसाहित्य:

हाडा सेन्डो
(मङ्गोलिया)
गोबी मरभूमी (कविता)
(डान्जान्राभ्जामा समर्पित)
पूर्वि गोबीपट्टीबाट आएको वायु
जब मेरो शरिर भएर बहन्छ
जब आकाश जस्तो गहिरो भावना
मेरो काव्यको स्रोत बनिदिन्छ
जब जून र कोइली
हिमालको माथिल्तिर देखापर्छन्
जब राताम्य मरभूमीबाट अविछिन्न गीत बौरिन्छ
मेरा आँखाहरु बुद्धका आसुँले भरिन्छन्
*डान्जाराभ्जा (१८०३-१८५६) १९ औं शताब्दीका मङ्गोलियन दार्शनिक र कवि हुन् जसलाई जीवित बुद्धको दर्जा दिइएको थियो ।
अनुवादः केशव सिग्देल



















