विश्वसाहित्य:

पावोल जानिक
(स्लोभाकिया)
रात्री बस (कविता)
मैनले बनेका आकृति
र जँड्याहाहरुका मुस्कान
म मन पराउँछु ।
उनिहरुका आस्था
उनिहरुको विनम्रता
उनिहरुको सटिकता
उनिहरुको गल्तीरहित विवेक
जसको निर्धारण गर्छन् यथास्थितिजन्य सामाजिक अवयवहरु ।
म प्रशंसा गर्छु
वालपेपर सजाइएका उनिहरुका आत्माहरु
जुन अति उज्याला र बुट्टेदार छन् ।
तिनिहरुका जिम्मेवारी र वैधानिकता
ट्याक्सी र वाइनको मूल्यभन्दा
चर्का छन् ।
जसरी सुन्छन् उनिहरु
अन्तिम ट्रली बसको गह्रौ श्वास
म त्यो निरपेक्षताबाट त्रसित छु ।
