कविता:

केशव सिग्देल
पाँच हाइकु
१
चढ्छ नै किन
फेरि झर्नु छ भने
त्यो निलो नदी।
२
अमावस्यामा
धर्तीमा तारा झार्छ
जुनकिरीले !
३
कस्तो मात हो
विपनामै उड्छ, त्यो
झुसिलकिरा !
४
चढेपछि वैंश
किन बस्छ पातमा
शितको थोपा !
५
दमकल छ
तर कसै निभ्दैन
मनको आगो ।



















