विश्वसाहित्य:

याचिएन फ्याङ्ग (ताइवान)
कोइरालोको फूलमा जब ज्वरो उठ्छ
कोइरालोको फूलमा जब ज्वरो चढ्छ
वसन्त आउँछ।
मेरो हृदयको गहिराइबाट
म गीतहरु गाउनेछु।
दुबैलाई ज्वरो नचढुन्जेल
हामी एकअर्काका बारेमा सोच्नेछौं।
कोइरालोको फूलमा जब ज्वरो चढ्छ
वसन्त आउँछ।
मेरो हृदयको गहिराइबाट
घाम उदाउने छ।
पुरै बँगैचाभरी ज्वरो नचढुन्जेल
हामी रुखको छहारी लिएर बस्नेछौं।
कोइरालोको फूलमा जब ज्वरो चढ्छ
वसन्त आउँछ।
मेरो हृदयको गहिराइबाट
इन्द्रेणी प्रकट हुनेछ।
पुरै सडकमा ज्वरो नचढुन्जेल
हामी एकअर्काको हात समाएर हिँड्नेछौं।
कोइरालोको फूलमा जब ज्वरो चढ्छ
वसन्त आउँछ।
मेरो हृदयको गहिराइबाट
म स्वयम् फक्रिने छु।
म प्रत्येकको हृदयमा एउटा फूल रोप्नेछु
र तिनीहरुमा ज्वरो बढ्न दिनेछु।
अनुवादः केशव सिग्देल


















