नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

कविता:


उपेन्द्र सुब्बा

बाटो

म त मेरै बाटो हिँडिरहेको थेँ
खोइ? काँबाट आयौ, र तिम्ले
मेरो बाटो छेक्यौ
नचिन्या मान्छे (?)
म त नबोलुँ भन्दै थिएँ
कि, तिम्ले सोध्यौ–“यो बाटो काँ जान्छ?”
र बोल्न करै लाग्यौ
भनेँ–“यो बाटो मेरो आँगनछेउ हुँदै पर प...र जान्छ।”

जब,
तिमी गयौ–
मेरो घर आँगनछेउ भएर गयौ
आखिर, मेरो मन मुटु छोएर गयौ।

तब,
अचानक बेचैनी बढ्यो
त्यसै त्यसै–
दोबाटो कुरी बस्न मन भएर आयो
कतै फेरि,
घुमिफिरी यै बाटो भएर आउँछौ कि?
पृथ्वी गोलो छ भन्ने लागेर आयो
र, सोध्छौ कि फेरि–“यो बाटो काँ जान्छ?”
भन्नेथेँ–“यो बाटो मेरो दिलसम्म जान्छ”
यस्तै सपना पो जागेर आयो।

अब,
तिम्रो आँगनसम्म पुग्ने बाटो
म कसलाई सोधौँ?







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु