नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विश्वसाहित्य:


स्टेन्ली कुनिज (अमेरिका)

मलाई स्पर्श गर


बर्खा विलम्बित छ, प्रिया ।
चालीस वर्षअघि
म प्रेममा पागल रहँदा
र दुई भागमा विभक्त रहँदा
हावाबाट उखेलिएका शब्दहरू
हावाको सुसेली र वर्षातमा
पातजस्तै छरिएका छन् आजको रात ।
प्रिया, विलम्बित भएको त मेरो हृदय हो
उडि गएको त मेरो गीत पो हो ।
बाहिर, पूरा अपराह्न
धमिलिएको आकाशमुनि
मेरो आफ्नै बगैँचामा सीमा–स्तम्भ लगाउँदै
म फट्याङ्ग्राको किर्किरअगाडि झुकेँ
धेरै तल,
मानौँ उनीहरूकै खस्रो आवरण फोरेर
म बाहिर निस्कँदैछु
र त्यस्तो सूक्ष्म यन्त्रबाट
यति स्पष्ट र साहसी सङ्गीतको प्रवाह सुन्दा
कुनै बालजस्तै अचम्मित छु ।
केले चलाउँछ यो यन्त्र?
इच्छा, इच्छा, इच्छा !

कुनै नृत्यको अभीप्सा
पुनः उठेर आउँछ पुरिएको जीवनमा ।
केवल एक मौसम,
र पुनः यो शिथिल हुन्छ ।
पुरानो विक्षत विलोको रुख लडोस्
र झ्यालको सिसामा बज्रियोस्
घरका सबै डाँडा र निदालहरू भाँचिऊन् ।
प्रिया, के तिमीलाई सम्झना छ
तिमीले बिहे गरेको पुरुषको?
आऊ, मलाई स्पर्श गर
र मलाई म को हुँ, सम्झाऊ ।

अनुवादः महेश पौड्याल







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु