नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

कविता:


शुभलक्ष्मी लम्साल

ढुङ्गे युग

ढुङ्गे युग बाँच्छु म
ढुङ्गामा ढुङ्गा ठोक्काएर
अलिकति ताप खोज्छु,
बाँच्नका लागि।

ढुङ्गामै जीवन खोपेर
जीउनुको नाममा सीँउडी फुलाउँछु,
लाखौ चोटी मृत्यु जीउछु।

आश्रयको सानो छाप्रो बनाएपछि
इच्छाहरु बलेसीमा सजाएर
भोक चुहिन्छु ...,
शोक चुहिन्छु ...।

म मान्छे
आधुनिकताको खोल ओढेर
आज पनि
ढुङ्गे युग बाँच्छु,
ढुङ्गे विचार बाँच्छु।







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु