विश्वसाहित्य:

शीमा कलबासी
प्रार्थना
र त्यसपछि आठौँ दिनमा
ईश्वरले सिर्जना गरे एउटा रक्ताम्य घाउको।
मध्यपूर्वको ।
जहाँ बाटाहरूले मात्र
कुरा गर्छन् चुपचाप
मरेकाहरूका बारेमा,
जहाँ घन्टीफूलका बटुका
बटुका राता छन्
रगतले,
जहाँ शरीरहरूलाई चोबिन्छ
तेलमा, तेल
तात्तातो तेल ।
नडढाऊ तिम्रा औँला, हे ईश्वर
जिजमा
रातो, रातो जिजमा।
अल्लह-ओ-अकबर!
(अङ्ग्रेजीबाट सुमन पोखरेलद्वारा अनूदित)


















