नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

कविता:


सामना पहाड

बुर्का

मात्र तिमी र तिम्रा आमाहरु छौ
शदियौँ देखि गुम्सिएका
काला , निला, अँध्यारा बुर्काहरुभित्र
लाग्दो हो अप्सना तिमिलाई

सोच्थेयौँ , त्यी तिम्रा जर्जर संस्कार

बुर्का भित्रको जिन्दगी
कति दर्दनाक हुदोँ हो
सोच्थेयौ, निरिह छौ तिमिहरु

कैद छन तिम्रा उन्मुक्त रहरहरु

नपुगुन् बुर्काहरु कदापि
पाठशालाका गेट हल्लाउन
नतानून् आजीवन स्वाधीन सपनाका
केरमेर धर्काहरु
चेतनाका घामहरुले
खाँदिरहुन् अनुहार, मर्यादाका खोलभित्र

नसकुन् तृष्णाको सागरभित्र
सवेगका भानु डुबाउन
उद्धत नहुन् मजेत्रा र गम्छाहरु
छिल्लिदैँ साँझपखको चन्द्रमा खोज्न
बगिरहुन् अविरल सहनशीलताका गङ्गाहरु
सबै ओडनी र सप्काहरुभित्र

झस्केका छौँ यतिखेर
हर कोहि आमाहरु
कति कैद रहेछौँ
कथित संस्कार र आचारसंहिताका हरफहरुभित्र
बौद्ध,इस्लाम, हिन्दू या ईशाइको
सप्को ओडेका आमाहरु

कथित धर्मका श्लोकहरुले
यो या त्यो दर्शनका बखेडाहरुले
सिलाइ रहेका रहेछन
ओडाइ रहेका रहेछन
कथित मौलिक, आधुनिक
र उत्तरआधुनिक बुर्काहरु

ए हर ध्रुव

हर कोणका आमाहरु हे
के च्यात्नु पर्दैन हामीले अब ?
चाहेर वा नचाहेर भिर्नुपरेका
भौतिक वा अभौतिक बुर्काहरु







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु