विश्वसाहित्य:

रविन्द्रनाथ ठाकुर
गीताञ्जली नम्बर ५०
म एउटा गाउँमा
एक घरदेखि अर्को घर डुल्दै
भीख मागिरहेको थिएँ,
जब तिम्रो सूनको रथ
एउटा सुृन्दर सपना जस्तै
परदेखि म तिर आइरहेको देखें,
अनि मैले सोचें,
यो राजाहरुको पनि राजा को होला?
मेरा आशाहरु माथि चुलिए,
मैले सोचें–
मेरो दरिद्रताको दिनहरु अन्त्य भए,
जमिनभरि पोखिने गरी
असिमित भीख पाउने आशामा
मैले तिमीलाई पर्खिरहें ।
तिम्रो रथ म उभिएको ठाउँनेर रोकियो,
तिम्रो दृष्टि ममाथि प–यो
तिमी मुस्कुराउँदै तल ओर्लियौ,
अनि मैले ठानें–
आज तिमी मेरो सबैभन्दा ठूलो भाग्य भएर उदाएको,
तिमीले अचानक आफनो दायाँ हात मतिर फैलायौ,
र सोध्यौ–मसंग तिमिलाई दिन के चिज छ?
ओ हो ! यो कस्तो इश्वरीय ठट्टा हो ?
कि भगवानले एउटा भिखारीलाई भीख माग्ने?
म अलमल्लमा परें,
म अनिर्णित स्थितिमा रहें,
अनि
मैले मेरो भीख भएको झोलाबाट
सबैभन्दा सानो मकैको एउटा गेडा झिकें,
र हात कँपाउदै तिमीलाई दिएँ ।
जब म साँझ कृुटीमा पुगें,
दिनभर मागेको सबै भीख भूइँमा खनाएँ,
र मकैको रासमा एउटा सूनको मकैको गेडा देखें,
अनि मैले मेरो छाती पिटदै रोएँ,
मैले आफैलाई धिक्कारें, र
कामना गरें कि
मसंग भएको सबै भीख
तिमीलाई किन दिएन?
अनुवादः निरुकोवा
रविन्द्रनाथ ठाकुर (मे ७–१८६१ अगष्ट ७ १९४१) भारतीय कवि थिए । उनी दार्शनिक र चित्रकार पनि थिए । उनले धेरै मात्रामा कथाहरु, उपन्यास, कविता र नाटकहरु लेखेका थिए । उनी संगित पनि सृजना गर्न स्रक्थे । उनको साहित्यिक लेखन कलाले १९औं शताब्दीको अन्त र २०औं शताब्दीको शुरुतिर बंगाली संस्कृतिमा ठूलो प्रभाव पारेको थियो । १९१ ३मा उनको गीताञ्जली नामको साहित्य कृतिले नोबेल पुरस्कार पाएको थियो । यो कविता यसै संग्रहबाट लिइएको कविता हो ।


















