नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विश्वसाहित्य:


पिटर सिमोलिक (स्लोभेनिया)

नाभजेको चिहान

अब भित्र प्रवेश गरौं, एउटा पवित्र स्थल जहाँ छन् सुनौला लाशहरु
जब वसन्तको विहानीमा सूर्य किरणहरु हल्का हरिया पातहरुमा छरिन्छन्
र पुराना खुइलिएका खैरा चिहानहरुमा चुहिन्छ...जुन चिहानहरु
पुस्तकहरुमा, अझ विद्यालयका पाठ्यपुस्तकमा यहाँभन्दा झन् वास्तविक देखिन्छन्
तिनीहरु आफैंमा एकदम आफैंजस्ता छन्, व्याकरणीय नियमहरुबाट स्वतन्त्र,
घाँसका मुनाहरुको भाषामा साउती गरिरहेका, बलिरहेका मैनबत्तीको ताप,
हामी हिडिंरहेको बाटो हुँदै बहने बतासको गुन्जन
तिनीहरु पहिले भन्दा झन् स्वाभाविक छन् ।
हामी बाहिर निस्कने बक्र ढोका नजिकै रोकिन्छौं, जहाँ एक परीले
आफ्ना घामले डढेका पखेंटाहरु एउटा चिहानमाथि फैलाएको छ
अथवा कसैले त्यसलाई कालो पोतिदिएको हो कि?
हामी फुत्किएका आत्माहरुका लागि प्रार्थना गर्दैनौं,
हामी राष्ट्रका लागि तिनीहरुले गरेको योगदान सम्मान गर्दैनौं ।
हामी चुपचाप रहन्छौं । हामी नजिकैको झाडीमा कालो चराले गाइरहेको सुन्छौं
र पर्खालको बाहिरपट्टी अर्को चराले पर्खाल बाहिरबाट प्रत्युत्तर फर्काउँछ
जसले मृत र जिवीत संसारबीच सिमा खिचिदिएको छ ।
बादलले घामलाई छेकेको छ....अथवा अचानक साँझ परेको छ...

नाभजे स्लोभेनियाको राजधानी ल्युबानामा रहेको स्मृति उद्यान हो जसमा स्लोभेनियाको इतिहासमा महत्वपूर्ण योगदान गरेको व्यक्तिहरुको चिहान अवस्थित छ ।

अङ्ग्रेजीबाट अनुवादः केशव सिग्देल







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु