नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विश्वसाहित्य:


ओल्फा फिलो (ट्युनिसिया)

कैदी

कारावासकारावासकारावासमा छ
मेरो जिब्रो मेरो मुखभित्र
अनि कसरी गर्नू जुध्नु झूठ र मिथ्या कुरासँग?
कारावासकारावासकारावासमा छ
मेरो मस्तिष्क मेरो टाउकाभित्र
सिकाउनुछ अनेकौँ मसिना सोचाइलाई,
कारावासकारावासकारावासमा छ
मेरो हृदय मेरो छातीभित्र
सफा गर्नुछ अनेकौँ मैला मनहरूलाई,
कारावासकारावासकारावासमा छ
मेरो मुहारमा मेरो सम्पूर्णता
सन्देह छ अरू सबै खुबीप्रति ‘उसलाई’,
कारावासकारावासकारावासमा छ
‘सुनको पिँजडा’भित्र मेरो जीवन
केटाकेटी, भातभान्सा र ओछ्यान; पहुँचबाहिर छन् बाँकी सबथोक !
कारावासकारावासकारावासमा छ
मेरो आत्मा मेरो शरीरभित्र
घेरा भत्काएर उम्कनु छ, र चर्किन्छन् मेरा अस्तिहरू,
कारावासकारावासकारावासमा छ
पृथ्वीमा मेरो शरीर।

स्व त न्त्र ता का लागि
कहिलेसम्म चिच्याइरहनुपर्नेछ मैले?

(अङ्ग्रेजीबाट सुमन पोखरेलद्वारा अनुदित)







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु