नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विश्वसाहित्य:


माइकल ओन्दात्जे (श्रीलङ्का)

किनाराको रातो पहरोमाथिको घर

मिरिस्सामा ऐना छैन ।

समुद्र पातहरूमा हुन्छ
र लहरहरू ताडका वृक्षहरूमा ।

पुरानो भाषा सरु सल्लाको हाँगामा हुन्छ ।
यो परम्परा हो, परम्परा
अनेकौँ पिँढीदेखिको

हजुरबाले रोपेको त्यो चम्किलो रुख
आगाको लप्काहरू खेपेर पनि
धुरीमाथिसम्म अग्लिएको छ

बिनाबन्धन

कुनै खुला जालमा अवस्थित घरजस्तो

जहाँ, रात एउटा स्वासमा
अवस्थित हुन्छ
एउटा खुट्किलोमा
जससँग हामी आफैँ जोडिनलाई
कुनै वस्तु होइन, कुनै भाका होइन

रातका
लामा, छोटा र असहज पलहरूमा
अन्धकारमा पनि
वृक्षबिनाको कुनै क्षितिज देखिँदैन

पर कतै, पातहरूमा केवल एक डुङ्गाको धिपधिपे उज्यालो देखिन्छ

आकारविहीनता अगाडिको अन्तिम पाइला ।

अनुवादः महेश पौड्याल







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु