नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विश्वसाहित्य:


मार्टिजा लुजा क्यास्टिलो (पेरू)

मेरा कुरा गर

मेरा कुरा गर
र तिमीसम्म पुग्नका लागि हृदयले बनाउने
सबै चिनारीका कुरा गर।
त्यस नारीका बारे कुरा गर
र आँखालाई बुढ्याउने बाक्लो कुहिराको कुरा गर,
तर झलमलाइरहेको हृदयको कुरा नगर ।

जाऊ,
आफ्ना आँखाका नानी बिगार्ने
समुद्रका बारेमा भन,
ती समयका बारेमा भन
जतिबेला तातो बालुवा
ताजा काव्यमा परिणत भएथ्यो कलम भएर ।
बोल्न नसक्नेका रहरहरूका बारेमा
र देख्न नसक्नेका गोपनीय हेराइहरूका बारेका कुरा गर
भिजेको मनोहर आकाशबाट उत्पन्न
पानीका ससाना कणजस्तै छन्
जसको निश्वासको स्वच्छता ।

मेरो कुरा गर।
के मृत्युको फलाम र अपहरणको आगोले
मेरा ओठ बन्द भएको देखिरहेका छैनौ तिमी?
यस उज्यालाका बारेमा बोल
र तिम्रो निधारबाट देखिने
अँध्याराका बारेमा बोल
जसले कालो कात्रोले ढाकिरहेछ तिमीलाई ।

मानौँ,
शोक मनाइरहेका छन् क्षितिजहरू।
पुतलीहरूले लिएर आउँछन् बिहानलाई यहाँ
र कुनै पुरानो अपराध भएर जल्ने गर्छ सूर्यास्त।

मेरा कुरा गर,
तिम्रा विस्तारित गलाबाट
चिच्याउँछ दबिएको रोदन - जीवन!
समावेश हुनैपर्छ मैले
बतास र वर्षाहरूका माझ।

(मूल स्पेनिसबाट मार्गरेट स्येनले गरेको अङ्ग्रेजीबाट सुमन पोखरेलद्वारा अनुदित)







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु