नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

कविता:


महेश पौड्याल

माली

ऊ फूलहरूको हो
तर फूलहरू उसका होइनन् ।

यस्तै यस्तै हुँदै आएको छ संसारमा
आदिमताको सीमानादेखि ।

उसैले हो यस पहाडजस्तै पुरानो बगैँचामा
पसिना रोपेर
रङ्गहरू फुलाएको
फूलहरूमा अवतरित उसको समय
कहाँ कहाँ पुगेन, अन्तरालमा?
मौसुफको गला
विजेताको शिर
भगवानको मन्दिर
एकलासको चिता
प्रेमीको हात...
अनि ऊ
त्यही माटोमो गीत गाएर
रखवालीमा जुटेको छ बगैँचाको
युगौँदेखि ।

आज मालिक फर्किएको छ घर ।
बर्सौपछि, सहरबाट
मालिसकसँगै फर्र्किएको छ एउटा पुरानो तमसुक
पुस्तेनी ऋणको ।
अब बेचिनेछ उद्यान
काटिनेछ एउटा कुसुम सभ्यता
मेटिनेछन् गीत
मारिनेछन् कविताहरू
झर्ने छन् सुगन्धित सपनाहरू
र निमिट्यान्न हुनेछ
सौन्दर्यको एक विपूल चिनारी ।

मालिकको पुस्तैनी ऋणको मोचन हुनेछ आज

फूलहरूमा मुटु गाँसेर
मुस्कान फुलाइरहने मालीको
अब के हुन्छ?







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु