विश्वसाहित्य:

लु मारिया लोपेज (पोर्टो रिको)
प्रेमीहरु
प्रेमको तालमा आऊ र नाच मसँगजहाँ एउटा याद बादलमा झुण्डिरहेको छ
जसले रात्रीमा सुटुक्क साउती गर्दै
चन्द्रमालाई हामीहरुलाई हेर्न लगाउँछ
बालुवामा नग्न शरिरहरु
सबै शान्तिलाई भोगवासनाको चित्कारमा परिणत गरेर
उत्तेजक नृत्यको रोमान्चमा छन्
चुम्बनले देहलाई बन्द गरिदिएको छ
र नृत्यमग्न शरिर एकाकार हुन्छ
ससाना चम्किला गुलाबहरुको न्यानो ओछ्यानमा
उष्णप्रदेशिय वायुले नुहाइएर
पुनः जागृत हुन्छन् प्राचिन इच्छाहरु
मुलायम सपनाहरुले मनलाई चन्चल बनाइदिन्छ
जहाँ तिमी प्रयोग गर्न सक्छौ
आफ्नै गुरुत्वको शक्ति
र मेरो आगोलाई खिचिदिन्छौ
समन नभएसम्म आगो
नित्य क्रियाको रुपमा ।
अङ्ग्रेजीबाट अनुवादः केशव सिग्देल


















