नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

कविता:


कृष्ण पाख्रिन

एक टुक्रा बादल र मेरो सपना

जब म तिमीलाई देख्छु 
एउटा आकाश जत्तिकै तिमी होचिएर 
झरेका हुन्छौं डाडाँमाथि 
एक बथान काकाकुल जस्तै 
र, छरिएका हुन्छौं क्षितिजमाथि माथि 
मानौं, आकाशमा इन्द्रकमल फुलेको छ 
त्यसबेला तिमीलाई 
एक टुक्रा बादल भन्न मन लाग्छ। 

हो मन लाग्छ, तिमीलाई टिपेर 
त्यो हरियो डाडाँबाट 
त्यो जून उदाउने क्षितिजबाट 
मेरो आँखाको खाली फ्रेममा बाँधि दिनु 
र 'खालि'को अस्तित्व मेटाई दिनु 
तर मेरो बादल 
मदेखि पर 
छाना छानामा आएर 
रुँदै आँशुका थोपोभित्र, हाँस्ने अभिनय गर्छ 
अनि भन्न मन लाग्छ - मेरी केटी 
तिम्रो अभिनय असफल छ, मेरो विगतका असफल सपना जस्तै। 







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु