नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

कविता:


केशव सिग्देल

गाउँका शालिकहरु

मलाई सम्झना छ
मेरो घरमा एउटा पुरानो पानासोनिक रेडियो हुन्थ्यो
र त्यसले हरेक दिन सुनाउँथ्यो—
शाही प्रशस्ती,
गाजापट्टी र जाफ्ना प्रायद्विपका द्वन्दहरु
काठमान्डु, तुम्लिङ्टार, पोखरा र जोमसोमका
डिले सेड्युल हवाई तालिकाहरु
कालिमाटीको तरकारी र फलफूलको भाउ
ठाउँठाउँका मौसमी विवरण
तर समाचार बुलेटिन सकिउनजेलसम्म पनि
भन्दैनथ्यो मेरो गाउँको नाउँ ।
मलाई सधैं अचम्म लाग्थ्यो
काठमान्डु त्यति विघ्न गरीब छ र?
कि हरेक दिन भनिरहनुपर्छ तरकारीको भाउ
काठमान्डु कहिल्यै समयमा हिंड्दैन र?
कि हरेक दिन दोहोराइरहनु पर्छ डिले सेड्युलहरु
काठमान्डु त्यति संवेदनहीन छ र?
कि हरेक दिन सम्झाइरहनुपर्छ तापक्रमको नाप
बा मलाई काठमान्डुको कथा सनाउँदा भन्नुहुन्थ्यो
गोलभेडाको मोलमोलाइ गरेर मृगौला बेच्छ काठमान्डु
बाढीको त्रास देखाएर नदी उपाहरमा चढाउँछ काठमान्डु
लन्चमा जहाज खान्छ र डिले सेड्युलको सूचना पठाउँछ काठमान्डु
बाको कुरा सुनेर म त्यो बेला अच्चमित हुन्थें
तर अहिले आएर थाहा भो, निम्छरो रहेछ मेरो गाउँ
यहाँ सिजनमा फल्न त फल्छन दुईचार थोक तरकारीहरु
तर कहिल्यै तोकिन्न रेडियोमा यिनको भाउ
कसैले भन्नु पर्दैन यहाँका मान्छेलाई, आफैं थाहा पाउंछन् तुषारो र लू
तर यस्तो संवेदनाका साथ हिँड्दा पनि कहि नपुगेका
गाउँमा ठड्याइएका यि शालिक मान्छेहरु
मानौं काठमान्डुले रिमोट थिचेर रोकिदिएको छ गति
जब सहिनसक्नु भोकले छट्पटिन्छन्
देश खोज्न कालापहाड जाने सेड्युल
आफैं तोक्छन् यि शालिकहरु ।







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु