नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

कविता:


ईश्वरवल्लभ

धूवाँको जङ्गल

माथि आकास हेर्नु छ
क्षितिज छुनु छ
एक जनालाई फूलको थुँगा दिनु छ
नजिकमा कोही छ कि छैन!
यदि छ भने उसलाई बोलाउनु छ
फेरि एउटा लहर र लस्कर बनाएर पर पुग्नु छ
साँझको रक्तिम कलिलो घाम
सायद कतै हराएछ
बिहानको सखार पनि देखिएन
ओरालो पनि छैन
कता गए ती बस्तीहरू?
कता गए ती आफन्तहरू?
यही धूँवाको जङ्गलमा सबैलाई खोज्नु छ।







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु