नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

कविता:


धिरज राई

आमाका बारेमा

साह्रै अप्ठेरोमा परेँ,
खै ! कसरी गरुँ आमाको परिभाषा ?

बरु सोधेका भए मेरो बारे
सजिलै भनिदिन सक्थेँ
दिनहुँ तिमीले पढ्ने समाचारको
निर्लज्ज पात्र
म हुँ ।

तिम्रो कवितामा उभिने अजङ्गको बिम्ब
जो सधैँ तिम्रै विरुद्धमा रहन्छ
त्यो म हुँ ।

राजनैतिक कारखानामा प्रशोधन भइरहने
अपराधको नायक
म हुँ ।

तिमीले थाहै पाउन नसक्ने गैह्रकानुनी धन्दाहरु,
विना शंका पत्याइदिने असीमित झूटहरु,
आकाशभन्दा फैलो लोभको आँखा,
सगरमाथाभन्दा अग्लो घमण्ड,
कर्तव्यलाई सम्झनै नसक्ने हठीदिमाग,
संवेदनाको लासमाथि हाँसिरहने मानवीयता,
सबैसबै नै म हुँ ।

नसोध्नु, सोधी त हाल्यौ
बस्, यत्ति भन्न सक्छु
आमासँग रहुन्जेल

सबैभन्दा असल थिएँ ।







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु