नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विश्वसाहित्य:


डेनिस मेयर (अमेरिका)

आकाशहरु

सफा निलो आकाशको सपना देखेको कुरा तिमीले भनेकी थियौ
र त्यसलाई तिमीले सुखद संकेत मानेकी थियौ
तर मेरो लागि आकाश देख्नु राम्रो संकेतमा पर्दैन ।
म कहिलेकाँही चराका उडानहरु हेर्थे
जबसम्म तिनीहरु बादलमा विलिन भएर देखिन छोड्दैनथे ।
एकपटक म ओरिगनको तटमा रहेको एउटा चट्टानमा उभिए
र समन्द्री चराहरु उड्दै गएर टल्किने धुलोका कणजस्ता नहुन्जेलसम्म
उनीहरुलाई तरङ्गहरुसँगै नजिकबाट उडिरहेको हेरिरहे
ति सेता बादल माझ देखिन साह्रै नै साना थिए
र, म बाजहरुले बिस्तारै गोलाकार घेरा बनाएको हेरिरहेको थिएँ
अस्ताचलको सूर्यसँगै आवाज निकालेर उडिरहेका परेवाहरु
डरलाग्दो बादल मुन्तिरबाट हतारिएर घर फर्किरहेका कागहरु
आकाशतिर चढ्न प्रयत्न गरिरहेका हाँसहरु
पानीमा तैरिएर त्यसपछि आकाशिएका भद्राइ चराहरु
टाढा एउटा हवाइजहाज थोप्लो भन्दा पनि सानो देखिन्थ्यो
र त्यसको इन्जिनको विलाउँदै गएको झन्कारले आकाश ढाकिएको हुन्थ्यो ।
मैले हेरिरहेका चराहरु मेरो आशाहरु जस्ता थिए
सधैं मभन्दा पहिला कुद्ने
जो मैले देख्न नसक्ने ठाउँहरुसम्म पुग्थे
र मेरो शरिरलाई गुरुत्वाकर्षणको जिम्मामा छाडिदिन्थे
जति बेला म मेरा आकांक्षी आँखाले, मेरा दुःखी आँखाले,
वा मेरा पछाडि छाडिएका आँखाले हेरिरहेको हुन्थेँ ।
तर तिमीले आशालाई आफैसँग राख्यौ र धेरै आकाशहरुको उडान भर्यौः
आन्तरिक आकाश जो श्वासले खोलिने गर्छ,
म तिमीलाई मेरो अगाँलोमा राख्न सक्छु, तर तिमीसँगै जान सक्दिन ।
म मात्र तिम्रो नजिक रहन सक्छु र तिम्रो स्वतन्त्रतामा खुशी हुन सक्छु
जसरी म चराको उडान हेरेर स्वतन्त्र महशुस गर्छु ।

अङ्ग्रेजीबाट अनुवादः केशव सिग्देल







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु