कविता:

दिपक सम्चु
आत्महत्या
मुलायम घामको खोजि गर्ने शूरमा थिएँ।
गौंथलीहरु फूर्रर फूर्रर उद्दै आएर
मेरो घरको दलीनमा बसे
तिनीहरु
बँगैचामा गएर लुकामारी खेल्थे
कौशीमा बसेर गीत गुनगुनाउथे
छिनमै प्रेमलाप गर्दै रमाउथे
छिनमै झगडा गर्दै कराउथे
म ढुकुटी उगाएर, आगनमा फालिदिन्थे।
छोडेर फूलको थुङ्गामा, नाच्दै भोक साट्न थाल्थे।
तिनीहरुले संसार चाहारेर,
भरोसाका त्यान्द्राहरु बटुले
खजमजिएको भावना कुँदेर,
सुरक्षित गुँड बनाए
र फुल पारी, रातदिन ओथार्न थाले।
आगो निभेको चुल्होमा न्यानो पसे झै,
उदास अनुहारलाई सुनौलो बिहानीले छोपे झै,
लाग्न थाल्यो,
मैले खोजिरहेको उज्यालो भेट्टाएँ।
हाम्रो काव्यिक यात्राको शुरुवात भयो।
जब उनीहरुको सम्बन्ध बिग्रन्थ्यो
कविताको हागाहरु भाचिन्थ्यो।
जब आपसमा मन मिल्दथ्यो,
लटरम्बै बिम्ब र प्रतीकहरु फल्दथ्यो।
उनीहरु शब्द बर्षाउथे
म सपनाको बिस्कुन फिजाउथें
अचानक,खै ! कसले हो कुन्नि?
गौंथलीको गुँडमा, सल्काइदिएछ आगो


















