विश्वसाहित्य:

ब्लान्का भारेला (पेरु)
भोर
म बिउँझिएपछि
म चकित भएँ कि
हिंजोको तस्बिर
जो मैले देखेको थिएँ
मबाट अलप भएको थियो–
बिहानको एउटै रुख
र खाल्डोबाट
एउटा चराले दिनको
सबै सून पिइरहेको ।
कस्ले अश्विास गर्ला
कि हामी जिवित छौं,
कवि, चरा, पानी, र मैले
जसरी मैले तिर्खासंगै हेरिरहन्छु ।
नेपाली अनुवादः निरुकोवा
स्पेनिश अनुवादः कार्लोस लारा
ब्लान्का लियोनोर भारेला (अगष्ट १०, १९२६–१२ मार्च २००९) पेरुभियन कवि थिई जो पेरुको लिमामा जन्मिएकी थिई । उनले सान मार्कोसको नेश्नल विश्वविद्यालयमा शिक्षा र मानविकी अध्ययन गरेकी थिई जहाँ उनले भविष्यका सम्मानित साहित्यकारहरु सेबास्टियन साल्जर बोण्डी, जेभियर सोलोगुरेन संग भेट भएको थियो । डयाट पोर्ट एक्सजित(१९५९), डेलाइट(१९६३), वाल्टजेस अफ अदर फल्स कन्फेशन्स (१९७१) आदि उनका प्रकाशित कृतिहरु हुन् ।


















