नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विश्वसाहित्य:


अजिता गहरमन

गुमेको यौवन

के भनिरहेछौ तिमी
त्यस्ता हरिया शब्दमा ?
के वसन्त नाङ्गै भएर
मेरा अस्थिभित्र चलमलाओस् भन्दैछौ?
केही बितेर गयो,
ज्वालाजस्तो कुनै चिज निभिसक्यो...
र हामी नग्न छौँ
यो भत्किएको दलिनमुनि।

तारा चर्किएका हाम्रा गोडामा बेरिएका छन्
उघ्रिएको रात
र खसेको कालो सिल्क।
आफ्ना चाउरी परेका हातमा हेर्छु म,
र झलक्क हेर्छु आफ्ना बुढिएका हत्केलामा
अनि एकाएक थाह पाउँछु यी सबै कुरा।

(अङ्ग्रेजीबाट सुमन पोखरेलद्वारा अनूदित)







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु