विश्वसाहित्य:

अजिता गहरमन
गुमेको यौवन
के भनिरहेछौ तिमी
त्यस्ता हरिया शब्दमा ?
के वसन्त नाङ्गै भएर
मेरा अस्थिभित्र चलमलाओस् भन्दैछौ?
केही बितेर गयो,
ज्वालाजस्तो कुनै चिज निभिसक्यो...
र हामी नग्न छौँ
यो भत्किएको दलिनमुनि।
तारा चर्किएका हाम्रा गोडामा बेरिएका छन्
उघ्रिएको रात
र खसेको कालो सिल्क।
आफ्ना चाउरी परेका हातमा हेर्छु म,
र झलक्क हेर्छु आफ्ना बुढिएका हत्केलामा
अनि एकाएक थाह पाउँछु यी सबै कुरा।
(अङ्ग्रेजीबाट सुमन पोखरेलद्वारा अनूदित)


















