नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विश्वसाहित्य:


एन्थोनी रोबर्ट्स

पासरगाद

मलाई आफूतिर डोहोर्‍याउँदै
प्रवेशका लागि अनुरोध गर्दै
हातहरूलाई शताब्दीऔँसम्म फैल्याएर
निरन्तर आफूतिर तान्दै
मैले सधैँ खोजिरहेको प्रेम दर्साउँदै
तिमीले मलाई बोलाएको सुनेको छु ।

अहिले आइपुगेको छु म
मेरा जेजे थिए ती सबैको दावी गर्न।

तर मन्दिर रहेनछ यहाँ
मात्र मौनता रहेछ, र
मेरो स्वागत गरिरहेछन्
एउटा चिहानका शब्दहरू ।

“ए मान्छे, तिमी जोसुकै भए पनि, जहाँसुकैबाट आएका भए पनि, मलाई थाह थियो तिमी आउनेछौ, फारसीहरूलाई तिनीहरूको सम्राट दिने साइरस हुँ म, द्वेष नराख मसँग, र, मेरो शरीरलाई ढाक्ने धरतीको एक टुक्रो यो चिहानसँग।“

मलाई उसको धर्ती चाहिएको छैन
चाहिएको छैन मलाई उसको शरीर
मलाई त तिमी चाहिएको छ
तर तिमी छैनौँ यहाँ ।

चिहानअगाडि उभिएर
हेर्छु म,
चारै दिशा देख्छु मरूभूमिको बालुवा मात्र ।

र मसँगै साइरस रुँदै गरेको सुन्छु ।

(सुमन पोखरेलद्वारा अङ्ग्रेजीबाट अनूदित)







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु