नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

कविता:


उत्तम लिम्बु

किम जोङ मामालाई....

आसेवारो !
किमजोङ मामा
म हजुरको
सबसे खुताहा भानिज
हाजिकलाल सन्योक्पा
हजुरसामु एक थान
बम्पर उपहार पठाएको छु
कृपया ,
स्विकार गरिदिनुहोला ।

मलाई थाह छ
तपाईं शोषक हुनुहुन्छ
मलाई थाह छ
तपाईं क्रुर हुनुहुन्छ
मलाई यो पनि थाह छ
तपाईं निरंकुश हुनुहुन्छ ।

तथापी तपाईंसँग
मैले चाहेजस्तै
एक अदम्य शाहस छ
जुन शाहसको छातीमा
म छुट्टै कोलम्बस
अड्याउन चाहान्छु
जहाँ सिंगो ब्रह्माण्ड अटोस्।

कतै ब्लाष्ट गर्नु अगाडि
हत्केलाको त्यो शक्तिशाली बम
मलाई खबर गर्नुहोला
मसँग केही जोर
पृथक मास्टर प्लानहरु छन् ।

बमले
सिमानाहरु भत्काउन्
सम्बन्धहरु भत्किनु हुँदैन
बमले
अहमताहरु भत्काउन्
सृष्टिहरु भत्किनु हुँदैन
बमले
विभेदहरु भत्काउन्
आत्मियता भत्किनु हुँदैन
कतै छोड्नु अगाडि
हत्केलाको त्यु शक्तिशाली बम
मलाई सम्पर्क गर्नुहोला
मसँग केही जोर
पृथक मास्टर प्लानहरु छन् ।







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु