नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

कविता:


सुमन पोख्रेल

बर्सात्‌मा बुद्धको मूर्ति सामु

बिर्सिएर सबै ब्याकलग र फाइलहरू
छुट्टी मनाउँदै
सडकका बीचैबीच
हिँडेका हूल र जमेका भीडहरू।

मान्छे-मान्छे र छाताहरू
छाता-छाता र मान्छेहरू।

यी छाताले छेलिएका टाउकाहरूमा
जेबुन्निसा होस् वा क्याथोरिन
क्लियोपेट्रा होस् वा फेनिच्का
सबै आ-आफ्नै कथा भोग्छन् आखिर।

नत्र भने
बागमतीमा अलिकति टेम्स मिसाउँदा हुन्थ्यो,
पिखुवामा अलिकति नाइल बगाउँदा हुन्थ्यो।
बुद्धले बन्दुक बोकेनन् भनेर के कुरा गर्नु?
पियानो पनि त बजाएनन्!
न त
कुनै चित्र बनाएकै वृत्तान्त सुनिन्छ कतै।

अङ्गुलीमालको प्रशंसा गरेकै हो
आम्रपालीलाई पनि मेरो नमस्कार सुनाइदिए
केही फरकपर्ने छैन।

यस क्षण मलाई
मिथक, इतिहास र कथामा टाँसिएका अमूर्त आकृतिहरूको भन्दा
यो बर्सात्‍‌‍ले बगाइलगेका
पौरखहरूको चासो छ।

यो भल बढेर बाटो छेक्दा
कतै पुग्न ढिलो भयो भन्ने भन्दा
मेरो माटो बग्यो भन्ने पीर भइरहेछ।

यो पहाड
बगेरै समथल हुने हो कि भन्ने
डर लागिरहेछ।







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु