विश्वसाहित्य:

सेली क्रिस्टिना हु
(संयुक्त राज्य अमेरिका)
परदेशी भूमी
पाँचसय बर्ष भोली भएर समेटिएपछि
परको त्यो हरियो ग्रहमा
हिँउ पग्लेको छ
टुकी फूलको एउटा सुनौलो पत्र
वायुमा टल्किन्छ र तन्किन्छ।
हाम्रो करेसाबारीमा
जोरी र रोजमेरीको सुगन्ध फैलिन्छ
हाम्रो बँगैचामा प्वाँख फैलाइरहेको मयुर र पुतली
रङ्गिन रिबनले सजिएको विस्टेरियाको वैजनी बोटमुनि लुकामारी खेलिरहेछन्
एउटा अजिङ्गर र चिल बुद्धिचाल खेलिरहेछन्
र बारीमा खरायोहरु पसिनाले भिजेका छन्।
त्यसपछि हावामा झिल्का भएर आइरहेछ
खोला किनारको जङ्गलको सुदूर सम्झना
जब मेरो हत्केला तिम्रोमा पग्लियो
घाम र जून दुवैलाई उठायो
त्यसपछि परदेशी भूमी नै बाँकी रहेन।
अनुवादः केशव सिग्देल


















