नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विश्वसाहित्य:


रोबर्ट एम. गियानेटी
(संयुक्त राज्य अमेरिका)

बुढो किताब बिक्रेता

म किताबको रखनधरन गर्ने मानिस हुँ।
मौरीपालकले जसरी
म तिनीहरुको ख्याल राख्छु।
तिनीहरुले मलाई कहिल्यै ठुँगेका छैनन्।
म मास्क र पन्जा लगाउँछु
रोपाईंको
ज्ब म तिनीहरुलाई छुन्छु,
घारबाट निकालेर
म त्यसमा महको चाका खोज्छु।
म त्यसको केही अंश आफैं खान्छु,
तर धेरै भाग अरुलाई नै जान्छ,
त्यसले उनिहरुका पेय
मिठाई र मिजासलाई गुलियो पार्छ।
त्यसलाई भण्डारकक्षमा जारमा ल्याइन्छ,
र लामोसमयसम्म आलमारीमा रहन सक्छ।
तर अन्ततः त्यसले बाटो पाउँछ
मस्तिष्कका चम्मचहरुमा।
बहुलठ्ठीपन वा उदासिमा खन्याइएर
त्यो मुखमै बस्छ
र मुस्कानका कुनाहरुलाई
मौन सन्तुष्टिले फेरिदिन्छ।

अनुवादः केशव सिग्देल






प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु