विश्वसाहित्य:

माइकल रोदेनबर्ग (अमेरिका)
डिसेम्बर
यो वर्ष डिसेम्बर ढिला गरि आयो
र सबै छायाँहरु हराइ गए
यो ग्रहलाई चारैतिरबाट उज्यालो पारिएको थियो
जुन अतिसय उज्यालो सह्य थिएन
परम्परा र इतिहासलाई वेवास्ता गरेर
यो ब्रम्हाण्ड पूर्वनिर्धारित अस्तित्व बाँचिरहेथ्यो
घटनाको क्रिया विज्ञान निमेषभरमै वाष्पिकृत भयो
मलाई जे हुनु थियो त्यो कुरासँग
अथवा जसलाई मैले विफल वा धर्मभीरु ठानेको थिँए
त्यो कुरासँग पनि त्यसको कुनै सम्बन्ध थिएन
अधिशेष वा क्लेमोर माइन१सँग पनि कुनै साइनो थिएन
त्यो मुख्यतः खाली ठाउँ भर्ने उपक्रम मात्र थियो
त्यतिबेला कँही विशिष्ट भोजहरु चलिरहेका थिए
जतिबेला अनन्तकालको प्रष्ट दृष्य हेर्नलाई
अन्जिरको रुखमाथि चढिरहेका लोखर्केहरुलाई
चिलहरुले शिकार बनाएर लिएर गए।
अनुवादः केशव सिग्देल
मध्यकालिन स्कटल्याडमा प्रसिद्ध तरवारको नाम दिइएको यो व्यक्ति—लक्षित गरिएको माइनलाई प्रतिरोध गर्ने उपकरण हो। यसको प्रयोग अमेरिकी सेनाहरुले गर्ने गरेका छन्।


















