विश्वसाहित्य:

माया एन्जलो (अमेरिका)
श्रीमानलाई
तिम्रो आवाज, बेलाबेला
तिम्रै गलामा अड्किएको एक हस्तमुष्ठी बन्छ
र त्यस कोठामा विद्यमान छायाकृतिरूमाथि बज्रन्छ
तिम्रो हात जब पानीमा तैरिनै कुनै डुङ्गाजस्तो
नील नदीको प्रवाहसँगै बग्छ
र फारावहरूको चिहानतिर हान्निन्छ
तिमी मलाई
एकाबिहानको प्रदीप्त प्रभातको
अफ्रिकाजस्तो लाग्छौ ।
कोङ्गो नदीको हरियो दह
कपरको नुनिलो पानी
एउटा महादेश—
जसको निर्माण गर्नेछ
कुनै कालो मानिसको बाहुबलले—
म घरै बसिबसि यो सब
तिमीमार्फत हेरिरहन्छु ।
अनुवादः महेश पौड्याल


















