नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

कविता:


मञ्जुल

घर र बाटो

घर र बाटो
किन सँगसँगै हुन्छन् – प्रश्न उठ्छ मेरो मनमा

कि बाटो हुनु
घर नहुनु
कि घर हुनु
बाटो नहुनु
तर किन घर र बाटो सँगसँगै हुन्छन् ?
प्रश्न उठ्छ मेरो मनमा

घर हो बस्ने ठाउँ
बाटो हो जाने माध्यम
घर छोडेर जाने माध्यम

शायद नजाने गरी बस्ने घरै हुँदैन
शायद यही एउटा मात्र सत्य हो

जहाँ घर छ
त्यहाँ बाटो छ
बाटो नभएको घर मैले कहीँकतै देखिनँ
जब घरबाट बाटो टुट्छ
जीवन पनि टुट्छ
आजकल बुझ्दै छु
जीवन भनेकै बाटो भएको घर रहेछ







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु