कविता:

महेश पौड्याल
विजेताको सालिक
विजेताले
तेजस्वी तरबारले नै जितेपछि जलथल
उसका भारदारहरूले
सहरको मुख्य चोकमा खडा गरिदिए
एउटा गगनचुम्बी सालिक कालो पत्थरको
र माथिबाट पोतिदिए मान्छेको रङ ।
हरेक वर्ष विजेताको जन्मोत्सवमा पोतिरहन्छ सिकर्मी
सालिकमाथि मान्छेको रङ
र हरेक वर्ष उप्काइरन्छ मौसलले
मान्छेको जलप सालिकमाथि
र उदाङिगइरहन्छ कालो ।
विजेतासँग मौसमलाई जित्ने
कुनै तरबार थिएन?


















