कविता:

महेश पौड्याल
सपना र लाश
सपनाहरू मारेर मान्छेका
केही थान भारदार बचाए उनीहरूले शाही बगैँचामा
द्वापर सकियो
अध्यारो सुरु भो ।
अर्को कुनै मानव बस्तीमा
मान्छे मरे पनि
सपनाहरूको बाली लगाए यिनीहरूले इन्कलाबको मैदानमा
एउटा सभ्यता उदायो
एउटा भविष्य उदायो ।


















