नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

कविता:


महेश पौड्याल

ग्रहण

नदी किनारमा
नाम नखुलेका बच्चाहरूले
बालुवा थुपारेर पशुपतिनाथको मन्दिर बनाए
जामे मस्जिद पनि बनाए
राम मन्दिर बनाए
बाबरी मस्जिद पनि बनाए
र स्याउलाले बारेर लुकाए ।

कुनै पण्डित वा मौलवी त्यहाँ नपुग्दासम्म
बाँचिरह्यो बच्चाहरूको
विपुल सभ्यता ।

त्यसपछि बच्चाहरू
कि पण्डित भए
कि मौलवी भए ।







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु