नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विश्वसाहित्य:


खलिल जिब्रान (लेबनन)

वसन्त

आऊ प्रिया, हामी यी पहाडका थुम्काहरूबीच जाऔँ
सुस्त छ वर्षात्, जीवन गहिरो निद्राबाट उठिसकेको छ,
र पहाड र उपत्यकामा घुम्दैछ
वसन्तका पदचाप पछ्याउँदै हामी टाढासम्म जाऔँ र चढौँ पहाड
शीतल हरिया फाँटहरूमाथि, प्रेरणा पिउन ।

वसन्तको बिहनीले हिउँको शीताम्य लुगा झिक्यो
र लागइदियो आरुका फूल र कागतीका रुखहरूमा
नयाँ लुगमा तिनीहरू केद्रेको रातभित्रको
आलङ्कारिक रितका बेहुलीजस्ता देखिन्छन् ।

अङ्गुरका बेलाहरू प्रेमीहरूजस्तै आलिङ्गनमा निमग्न छन्,
र खोलाहरू, पत्थरहरूबीच नृत्यमग्न छन् आनन्दका गीत दोहोर्‍याउँदै
प्रकृतिको हृदयबाट फूल अचानक फूली उठ्छन्,
समूद्रको समृद्ध मुटुबाट फिँज उठेँझैँ

आऊ, मेरी प्रिया प्यालाजस्ता लिलीबाट
शिशिरका अन्तिम आँसुहरू पिऔँ,
र हाम्रा आत्माहरू शान्त तुल्याऔँ
चराको संगीतबाट बर्सेका मुच्र्छनाहरूले
र जौँ, मादक बतासको बीचैबीच, आनन्दको यात्रामा

त्यो बैजनी फूल छेल्ने पत्थरनिर बसौँ
र ती फूलहरूको चुम्बन र मृदुलता आँखाले पियौँ ।

अनुवादः महेश पौड्याल






प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु