विश्वसाहित्य:

खलिल जिब्रान (लेबनन)
वसन्त
आऊ प्रिया, हामी यी पहाडका थुम्काहरूबीच जाऔँ
सुस्त छ वर्षात्, जीवन गहिरो निद्राबाट उठिसकेको छ,
र पहाड र उपत्यकामा घुम्दैछ
वसन्तका पदचाप पछ्याउँदै हामी टाढासम्म जाऔँ र चढौँ पहाड
शीतल हरिया फाँटहरूमाथि, प्रेरणा पिउन ।
वसन्तको बिहनीले हिउँको शीताम्य लुगा झिक्यो
र लागइदियो आरुका फूल र कागतीका रुखहरूमा
नयाँ लुगमा तिनीहरू केद्रेको रातभित्रको
आलङ्कारिक रितका बेहुलीजस्ता देखिन्छन् ।
अङ्गुरका बेलाहरू प्रेमीहरूजस्तै आलिङ्गनमा निमग्न छन्,
र खोलाहरू, पत्थरहरूबीच नृत्यमग्न छन् आनन्दका गीत दोहोर्याउँदै
प्रकृतिको हृदयबाट फूल अचानक फूली उठ्छन्,
समूद्रको समृद्ध मुटुबाट फिँज उठेँझैँ
आऊ, मेरी प्रिया प्यालाजस्ता लिलीबाट
शिशिरका अन्तिम आँसुहरू पिऔँ,
र हाम्रा आत्माहरू शान्त तुल्याऔँ
चराको संगीतबाट बर्सेका मुच्र्छनाहरूले
र जौँ, मादक बतासको बीचैबीच, आनन्दको यात्रामा
त्यो बैजनी फूल छेल्ने पत्थरनिर बसौँ
र ती फूलहरूको चुम्बन र मृदुलता आँखाले पियौँ ।
अनुवादः महेश पौड्याल


















