नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विश्वसाहित्य:


जिडि माजिया (चीन)

बुढी गायिका

केटीहुँदै तिमीले सिकेको गीत गाएपछि
तिमी लजाउँछ्यौ र अनुहार रातो पार्छ्यौ
र दुईवटा प्रसन्न ताराहरु हाम फाल्न तयार देखिन्छन्
तिम्रो चिन्ताले थाकेका एक जोडी आँखाहरुबाट
तिमी स्मृतिमा लर्बराउँदै फर्किन्छ्यौ
तिम्रो चाउरिएको अनुहारको बाटो हुँदै
हेर, यो भूमी त हावा र वर्षाले सम्याइएको छ
यो खैरो जमिनको एउटा सिमान्तबाट
तिमीले एक महिलाको बहुमूल्य वस्तुको चाहाना गरिरहेछौ—
यो तिम्रो दिउँसोको घाम हो
यो तिम्रो साँझको जून हो
यसले तिम्रो दृष्यमा इन्द्रेणी बनाइदिन्छ
तलाउको छेउमा एउटा स्वप्निल इन्द्रेणी
स्वप्न भरिएका दिन र रातहरु उतिबेला तिम्रै थिए
तर सबै लोग्नेमानिसले तिमीलाई स्वप्नमै छाडिदिए
बिहानीको उज्यालोसँगै उनिहरु टाढा गए
हृदय छाडिदिए र तिम्रो यौवनको उत्कर्ष उनिहरुले आफैंसँग लिएर गए
उनीहरुको प्रतिक्षामा
आज पनि तिमी त्यही गीत गाइरहेकी छौ।

अनुवादः केशव सिग्देल






प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु