नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विश्वसाहित्य:


ज्याक हर्समेन
(संयुक्त राज्य अमेरिका)

बाटो

चुँडिएको आफ्नो हृदयमा फर्क।
तिमीसँग छैन भने एउटा हृदय लेऊ।
त्यो हृदय पाउनका निम्ति एकदमै इमान्दार हुनु।
जीवनलाई प्रवेश गर्न दिएर उदेश्यमा इमान्दार हुन सिक्नु
किनकी तिमी साँच्चिकै वेसाहारा छौ
अरु केही गर्नका लागि।
तिमी फुत्किन खोजेपनि आफूलाई लैजान देऊ
र च्यातेर खुला बनाउन देऊ
प्रेषित गरिएको एउटा चिठी जस्तो
त्यस भित्रको एउटा वाक्य जस्तो
जसको तिमीले जीवनभरी प्रतिक्षा गरिरह्यौ
यद्यपी तिमीले गरेको केही थिएनौ।
त्यसले तिमीलाई माथि उठाओस्
त्यसले तिमी र तिम्रो हृदयलाई टुटाओेस्।
टुटेको हृदय एउटा शुरुवात हो
सबै वास्तविक ग्राह्यताको।
विनम्र कानले गेटभन्दा परैसम्म सुन्न सक्छ।
गेटहरु खुलेको देख्न सक्छ।
तिम्रा हातहरु नितम्बभन्दा बाहिर फैलिएको
र तिम्रो मुख पाठेघरजस्तो खुलेको महशुस गर
जसले पहिलोपल्ट तिम्रो आवाजलाई जन्म दिइरहेको छ।
चरमसुखको गौरवमा मस्त भएर
गाउँदै जाऊ,
र कविता लेख।

अनुवादः केशव सिग्देल






प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु