नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

कविता:


ईश्वरवल्लभ

उज्यालोको गुफा

प्रश्न पुरानो
प्रश्न हिंड्ने बाटोको नै हो
अनि पुग्ने बाटोको नै हो ।

यद्यपि यात्रा प्रारम्भ भयो !

तर अमीष्ट पुगिन्छ कि पुगिदैन
पुगिंदैन कि भन्न आशङ्का पनि
भन्ने त्रासको नै हो।

आदिम अर्थ
भयभीत हुनुको अर्थ। सधैं।

अनि रुख र्सपको कथा
शैतान र छलको कथा
भ्रान्ति खाने कि नखाने भन्ने
वर्जित फलको कथा।

अज्ञात र अपरिचित कुनै
कुनै अनिर्वचनीय गन्तव्य हो त्यो
निर्लक्ष्य हुँदा पनि पुग्नै पर्ने
सतत वाध्यता !

गुफामा कि कुनै अँध्यारोमा
प्रत्येक बिजुलीको गगनमा उठभव
र चकमन्न उज्यालोको तीव्र आभास
तिनको क्रुर प्रहारमा
त्यसपछि प्रवेश गर्ने - उज्यालो
सानो - सानो उज्यालो
उज्यालो गुफा।







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु