नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विश्वसाहित्य:


फर्नान्डो रेन्डन (कोलम्बिया)

लेखनका बारेमा

चट्याङ्ले उज्यालो र धारिलो बेगले लेख्छ
चट्याङ्को एउटा झिल्को मोर्सको लिपि हो।
वर्षात्ले भित्ताको सतहमा लेख्छ
हावाले मरभूमीको बालुवाको ढिस्कोमा।
घामले अनुहारमा लेख्छ।
नदीले पहरामा।
प्राचीन ढुङ्गाका अनुहारमा फोसिल कुँदिएका हुन्छन्।
शंखेकिराले बालुवामाथि उज्यालोको धागो छापेको हुन्छ।
काठफोडुवा चराले सुमेरियन लिपि खोपेको हुन्छ।

मनिसहरु, ढिलै भए पनि, इतिहास लेख्छन्।
अभिमानले धुँवा र खरानीले लेख्छ।
कविहरु केबल ब्रम्हाण्डका पाठकहरु हुन्।

अनुवादः केशव सिग्देल






प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु