नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

कविता:


धिरज राई

कसम

कसम त कति खाइयो कति !
– आमाको नाममा
– पितृको नाममा
– देवी–देउताका नाममा
– विद्याको दाउमा
– किरियाको बन्धकिमा ।

नपत्याइएको कुरा कति सजिलै सत्य बनिदिन्थ्यो
एकै कसमले ।
उबेला,
न्यायाधीश नै भएर उभिएको थियो कसम ।

सानी छोरीलाई टिका लगाइदिएर काकाले
रक्सी छोड्छु भनी खाएको कसम तोडेको पनि देखेँ,
आमाको हात शिरमाथि राखेर दिदीले
झूट बोलेको पनि देखेँ,
औतारी–थानको ढुङ्गा छोएपछि
दाजुको गल्तीले उन्मुक्ति पाएको पनि देखेँ ।

बोलीपिच्छे जोडिइँदै गए कसमहरु
सँगसँगै तोडिइँदै र झूटो पनि हुँदै गए ।
सत्य होला,
कहिल्यै कतै कुनै कसमले नि पिरोल्न सकेन ।
धत्, उबेलाको डर !
–कसम जतिको मिथ्या अरु केही पो नहुँदो रहेछ ।

तर चाहेरै टुट्ने त कहाँ हो रहेछ र कसम !
अहिले आएर थाहा पाउँदैछु,
नाथे एउटै कसमले कतिसम्म पिर्दोरहेछ !
जब तिमीलाई बिर्सिदिने कसम खाएँ ।







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु