नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

कविता:


भीष्म उप्रेती

विस्मृति

पत्रिका बाँड्ने युवकले
भर्खरै आँगनमा छोडिगएको अखबार
टिप्न जाँदाजाँदै
झरीले अक्षर जति बगाएर लगेपछि
अक्षरसँगै बगेर समाचारहरू
समाचारसँगै बगेर उत्सुकता, उत्तेजना,
निराशा, आक्रोस र समवेदना
उपयोगहीन केवल ढाडिएको
कागज मात्र बाँकी रहेजस्तो !

कल्पनाशीलताले सधैँ उर्बर रहने
एउटा लेखक
पुरिएर विस्मृतिको गर्तमा
अक्षरका आकार, नृत्य, धून, अर्थ
र त्यसको शक्तिसामथ्र्य बिर्सेर
शून्यमा टोलाइरहेको ।

कलम समाइरहने हात छुन्छु स्नेह र सम्मानले
हेर्छु आँखामा र देख्छु केवल
जीवनको आकर्षण उडिसकेको
बादलले आकाशको निलिमालाई छोपेजस्तो उदासी गहिरो
हरिया पातहरू पलाउन छोडेको
फूलका रङहरू कोपिलाउन छोडेको
चराहरूले समेत हाँगामा बसेर गीत गाउन छोडेको
जीवनको दौड दौडिरहेका सबैले देख्न छोडेको
विचरा लेखक
ढल्न मात्र नसकेको निर्जीव बृद्ध रूखजस्तो ।







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु